Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, २४ वैशाख । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो आइतबारको तुलनामा तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ७५० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको जनाएको छ ।  यससँगै आज चाँदीको मूल्य प्रतितोला १६६० रुपैयाँ कायम छ । हिजो १६ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार