Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध

कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध

अर्थ प्लस
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध

मध्यपूर्वको तनावका कारण घर फर्किन चाहेन कतारमा रहेका नेपालीलाई राजदूतावासले सम्पर्क गर्न अनुरोध गरेको छ। 

कतारको दोहास्थित नेपाली राजदूतावासले शनिबार विशेष अनुरोध जारी गर्दै घर फर्किन चाहेमा सम्पर्क गर्न भनेको हो। राजदूतावासको सूचनामा कतारमा रहेका वैध आवासीय अनुमतिपत्र (कतार आईडी) भएका नेपाली नागरिकले साउदी अरबका विमानस्थल हुँदै घर फर्किने व्यवस्था गरिएको जनाइएको छ। 

यसका लागि दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिनका लागि ‘अपोइन्टमेन्ट बुक’ गर्न राजदूतावासले अनुरोध गरेको छ। यो सेवा केन्द्र एजदान मल (अल घराफा)मा रहेको जनाइएको छ। 

quatar-embassy_BEQk1Oduba.png

सम्बन्धित समाचार