Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

कांग्रेसले छान्यो समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम, १५ महिला

कांग्रेसले छान्यो समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम, १५ महिला

अर्थ प्लस
कांग्रेसले छान्यो समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम, १५ महिला

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा समानुपातिकतर्फबाट निर्वाचित हुने २० जनाको नाम टुंगो लगाएको छ । आइतबार (चैत १) सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट १५ महिला रहने गरी २० जनाको नाम चयन गरिएको कांग्रेसका प्रवक्ता देवराज घिमिरेले जानकारी दिए ।

राष्ट्रियसभा र प्रतिनिधिसभामा कांग्रेसका ६२ सदस्य रहने भन्दै उनले दुवै सदनको कम्तीमा एकतिहाइ अर्थात् २१ महिला रहने गरी निर्वाचन आयोगमा नामावली सिफारिस गरिने बताए ।

“हाम्रो राष्ट्रियसभा र प्रतिनिधिसभामा रहने सांसदको संख्या ६२ सिट भएको छ । त्यसमा २१ सिटमा महिला अनिवार्य छ । अहिले २० जनाको प्रतिनिधित्वका लागि १५ जना महिला अनिवार्य छ,” उनले भने, “आदिवासी जनजाति र खसआर्यबाट ६/६, मधेसीबाट र दलितबाट तीन/तीन, मुस्लिम र थारूबाट एक/एक गरी २० जनाको नाम सिफारिस गर्छौं । यसमा १५ जना अनिवार्य महिला छ । यसमा हामीले निर्णय गरिसकेका छौँ ।”

आयोगले क्लस्टरमा तोकिएको मापदण्डअनुसार नामावली नमिलेको जानकारी गराएमा सच्याइने उनले बताए । “यो बन्दसूची बुझाउने पनि निर्वाचनकै प्रक्रिया हो, त्यहाँ केही क्लस्टरमा सच्याउन मिल्छ,” चालिसेले भने, “हामी निर्वाचन आयोगमा अहिले जान्छौँ । भोलि आयोगले नै नाम प्रकाशित गर्छ ।”

आयोगले यो विवरण रुजु गरेर ठिक भए सांसद निर्वाचित गरी प्रमाणपत्र दिनेछ । समानुपातिकतर्फ निर्वाचित हुने सांसदको सूची बुझाउन दलहरूलाई आयोगले आजसम्मको समय दिएको छ । दलहरूले यसअघि आयोगमा बुझाएको सामानुपातिक उमेदवारको बन्दसूचीबाट निर्वाचित हुनेको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

सम्बन्धित समाचार