सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले संचित मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
यो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
