Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

प्रभु बैङ्कका ग्राहकहरूले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरको सेवा सुविधामा विशेष छुट पाउने

प्रभु बैङ्कका ग्राहकहरूले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरको सेवा सुविधामा विशेष छुट पाउने

अर्थ प्लस
प्रभु बैङ्कका ग्राहकहरूले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरको सेवा सुविधामा विशेष छुट पाउने

काठमाडौँ, २४ वैशाख । प्रभु बैङ्क लिमिटेडका ग्राहकहरूले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरको सेवा सुविधामा विशेष छुट प्राप्त गर्ने भएका छन् । बैङ्कले आफ्ना ग्राहकहरूलाई थप सेवा सुविधा दिने उद्देश्यले महालक्ष्मी स्थानस्थित उक्त अस्पतालसँग सम्झौता गरेको हो । 

एक समारोहका बीच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैङ्कका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका गरेका छन् । 

सम्झौता अनुसार प्रभु बैङ्कका सम्पूर्ण ग्राहकहरू,कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आईरहेको छ । 

स्वास्थ्यप्रति जागरूक नागरिकहरूकालागि गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरू समेतको व्यवस्था रहेको छ ।

त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैङ्कको रूपमा रहेको तथा हालसालै ‘बैङ्क अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैङ्कका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । 

समारोहमा प्रभु बैङ्कका बजार व्यवस्थापक सबिन राणा,दीना चित्रकार तथा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका व्यापार प्रवर्धन व्यवस्थापक को समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार