Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

दुई दिनदेखि सर्वोच्चमा बहस चलिरहेको रविविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

दुई दिनदेखि सर्वोच्चमा बहस चलिरहेको रविविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

अर्थ प्लस
दुई दिनदेखि सर्वोच्चमा बहस चलिरहेको रविविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । आइतबारदेखि ‘हेर्दाहेर्दै’मा राखिएको रिटमा आज पनि निरन्तर सुनुवाइ हुने भएको हो ।

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दर्ता भएको रिटमा सोमबार (चैत २)मा सर्वोच्चमा सुनुवाइ भएको थियो । सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा मुद्दाको सुनवाइ भएको थियो । सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ अवस्थामा राखिएको थियो । सोमबार नसकिएपछि मंगलबार पनि निरन्तर सुनुवाइ हुने भएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद उत्पन्न भएको हो ।

महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका थिए ।

गत पुस ३० गते महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बद्ध जिल्ला सरकारी वकिलको कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन् । निर्देशनमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता लिन भनिएको थियो ।

सम्बन्धित समाचार