Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

अर्थ प्लस
एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ ।

बैंकले "एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८" जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । ६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५% दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ ।

उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको कुरा बिज्ञप्तीमा जनाइएको छ ।

सम्बन्धित समाचार