Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

रवि लामिछानेको अभियोग संसोधनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ चैत ५ मा

रवि लामिछानेको अभियोग संसोधनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ चैत ५ मा

अर्थ प्लस
रवि लामिछानेको अभियोग संसोधनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ चैत ५ मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैमा राखिएको छ । 

न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा आइतबारदेखि सुरु भएको बहस मंगलबार एक जनाको जवाफी बहस बाँकी रहेपछि उक्त रिट चैत ५ गते सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखिएको हो । बिहीबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जवाफी बहस गरेपछि फैसला आउनेछ । 

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शुसिल पन्त, रमनकुमार श्रेष्ठ र अधिवक्ताहरू दिपेन्द्र झा र नारायणदत्त कडेँललगायतले बहस गरेका थिए ।

लामिछानेका वकिलको बहसपछि सुरेन्द्र भण्डारीलगायतले जवाफी बहसमा गरेका थिए । उनीहरूले रिट जारी हुनुपर्ने भन्दै अभियोगपत्र संशोधन नभई मुद्दा फिर्ता भएको र महान्यायाधिवक्ताले आफ्नो कानुनी अधिकार दुरुपयोग गरेको तर्क गरे थिए ।

सम्बन्धित समाचार