Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

हर्क साम्पाङले फेरि लेखेः प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो ! जनमतले त्यही भन्छ !

हर्क साम्पाङले फेरि लेखेः प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो ! जनमतले त्यही भन्छ !

अर्थ प्लस
हर्क साम्पाङले फेरि लेखेः प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो ! जनमतले त्यही भन्छ !

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फेरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नै बन्नु राम्रो हुने धारणा व्यक्त गरेका छन्।

साम्पाङले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, 'प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो ! जनमतले त्यही भन्छ!' धरान उपमहानगरपालिकाका पूर्वमेयरसमेत रहेका उनले प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले झन्डै दुईतिहाइ बहुमत ल्याएको नतिजा सार्वजनिक हुनेबित्तिकै पनि सरकारको नेतृत्व रविले गर्नु उचित हुने विचार सार्वजनिक गरेका थिए।

तर रास्वपाले चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई घोषणा गरिसकेको छ। यही सर्तमा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन समूहसहित रास्वपामा समाहित भएका थिए।

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएका थिए भने साम्पाङ पनि स्वतन्त्र उम्मेदवारकै रूपमा धरान उपमहानगरपालिकाको मेयरमा विजयी भएका थिए।  

तर खासगरी जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन गर्ने बेला आफूलाई प्रधानमन्त्री पदमा समर्थन नगरेको भन्दै साम्पाङ बालेनप्रति रुष्ट भएका हुन्। त्यसो त चुनावी भाषणका बेला साम्पाङले रविको पनि कडा आलोचना गरिरहेका थिए। तर रास्वपाले बहुमत ल्याउँदै सरकार बनाउने निश्चित भएपछि उनले प्रधानमन्त्रीमा बालेनभन्दा रवि ठिक भन्न थालेका हुन्।

Screenshot_2026-03-18-19-48-23-87_a23b203fd3aafc6dcb84e438dda678b6_guBYlgL8XX.jpg

सम्बन्धित समाचार