Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

 सुनचाँदीको मूल्य निरन्तर ओरालोतिर, कतिमा हुँदैछ कारोबार ? 

 सुनचाँदीको मूल्य निरन्तर ओरालोतिर, कतिमा हुँदैछ कारोबार ? 

अर्थ प्लस
 सुनचाँदीको मूल्य निरन्तर ओरालोतिर, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा सात हजार ८०० र चाँदी ११५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८९५ कायम भएको छ ।हिजो बिहीबार एक तोला सुन तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १० कायम भएको थियो ।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार १५० कायम भएको थियो ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार