Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आजको राशिफल: २०८२ चैत्र ७ गते, शनिबार

आजको राशिफल: २०८२ चैत्र ७ गते, शनिबार

अर्थ प्लस
आजको राशिफल: २०८२ चैत्र ७ गते, शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्मविश्वास बढ्दा कठिन काम सजिलै पूरा हुनेछन् र व्यवसायमा सफलता मिल्नेछ। अध्ययन र प्रतिस्पर्धामा अग्रता पाइनेछ भने प्रेम सम्बन्ध पनि सुदृढ हुनेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा समर्थन बढ्नेछ। तर आकस्मिक खर्च र ध्यान विचलनले केही समस्या ल्याउन सक्छ। मेहनतले जीवनशैली सुधार भई नयाँ अवसर, सम्मान र सफलता प्राप्त हुनेछन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगानीमा सावधानी अपनाउँदै धैर्य राख्नुपर्ने समय छ, प्रतिफल ढिला आउन सक्छ। अध्ययनमा बढी मेहनत आवश्यक छ भने व्यापारमा केही समय पर्खनु उपयुक्त हुन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा समर्थन पाइनेछ। राम्रो कामले लोकप्रियता बढ्नेछ। तर खर्च, ऋण र धोखाको जोखिम बढ्न सक्ने भएकाले आर्थिक निर्णयमा सतर्क रहनु आवश्यक छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मायालुसँग समय बिताउँदा खुशी बढ्नेछ र प्रेम सम्बन्ध मजबुत हुनेछ। पैतृक सम्पत्ति तथा अग्रजको सहयोगबाट धन, सवारी र भौतिक सुविधा प्राप्त हुने सम्भावना छ। आम्दानीका नयाँ स्रोत खुल्नेछन् र कृषि, व्यापारमा लाभ हुनेछ। वैदेशिक अवसर, उपहार र पारिवारिक आत्मीयता बढ्नेछ। मेहनतले लक्ष्य प्राप्ति सजिलो भई दिगो सफलता हासिल हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राजनीति र समाजसेवामा सक्रिय हुँदा मान–सम्मान बढ्नेछ। व्यापारमा लगानी सफल भई आम्दानी बढ्नेछ। प्रेम सम्बन्ध र पारिवारिक समय सुखद रहनेछ। अध्ययनमा कम मेहनतले पनि राम्रो नतिजा मिल्नेछ। नयाँ अवसर, सहकार्य र नेतृत्व प्राप्त हुनेछन्। रचनात्मक काम र भेटघाटले उत्साह बढाउँदै भविष्यका लागि दिगो सफलता हासिल गर्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भाग्यले साथ दिँदा सानो प्रयासबाट व्यापारमा लाभ मिल्नेछ र अध्ययनमा राम्रो नतिजा आउनेछ। प्रेम, मित्रता र अध्यात्ममा रुचि बढ्नेछ। तर काम ढिलो हुँदा अपयश र स्वास्थ्यमा समस्या देखिन सक्छ। मित्रको सहयोग पाइनेछ। ठूलो उपलब्धि नभए पनि दिगो योजना बन्नेछ। गोपनीयता र अवसरवादीबाट सावधान रहँदै परोपकारी कामतर्फ आकर्षण बढ्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काममा ढिलाइ र अवरोधले मानसिक तनाव तथा मनोबल घट्नेछ। अध्ययनमा ध्यान नदिँदा पछि पर्न सकिनेछ र प्रेममा मतभेद आउन सक्छ। स्वास्थ्य र कानुनी पक्षमा सावधानी आवश्यक छ। साझेदारीमा असमझदारी बढ्न सक्छ। तत्काल लाभ कमजोर भए पनि धैर्य, गोपनीयता र मेहनतले भविष्यका अवसर र सफलता सुनिश्चित गर्न सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम सम्बन्ध मजबुत भई जीवनसाथीको सहयोगले सफलता मिल्नेछ। व्यवसाय र व्यापार विस्तारबाट राम्रो आम्दानी हुनेछ। आफन्त र मित्रको साथले दैनिकी सहज रहनेछ। अध्ययनमा प्रगति र भौतिक सुविधा प्राप्त हुनेछ। सकारात्मक सोच र खर्च नियन्त्रणले आर्थिक स्थिति बलियो बन्नेछ। दिन सुखद, लाभदायक र अवसरपूर्ण रही जीवनशैलीमा सुधार आउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा राम्रो आम्दानी भई पुराना कामहरू सम्पन्न हुनेछन्। शत्रुलाई परास्त गर्दै सफलता हासिल गर्न सकिनेछ। अध्ययनमा उत्कृष्ट नतिजा आउनेछ र नयाँ योजना सफल हुनेछन्। परिवारबाट सहयोग र सन्तानको प्रगतिले खुशी बढ्नेछ। मेहनत, हिम्मत र बुद्धिले चुनौती पार गर्दै अवसर प्राप्त भई प्रतिष्ठा र दीर्घकालीन सफलता हासिल हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लामो समयदेखि रोकिएका काम सम्पन्न भई धन-सम्पत्ति आर्जन हुने समय छ। अध्ययनमा सुधार भई मेहनतले राम्रो नतिजा मिल्नेछ। प्रशासनिक काममा सफलता र लक्ष्य पूरा हुनेछन्। तर केही अवरोध, कामको चाप र ढिलाइ आउन सक्छ। आर्थिक काम सुरु गर्न सकिनेछ, तर स्वास्थ्य र समय व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनमा मेहनत गर्दा राम्रो नतिजा मिल्नेछ, तर नयाँ काम अघि बढाउनुभन्दा पुराना काममा ध्यान दिनु उपयुक्त छ। घरायसी सुख र स्वास्थ्यमा समस्या आउन सक्छ। राजनीति र साझेदारीमा प्रतिस्पर्धा र असमझदारी बढ्नेछ। परदेश यात्रा असहज हुन सक्छ। धार्मिक–सामाजिक कार्यमा सहभागिता बढ्नेछ। कृषिबाट सामान्य लाभ हुनेछ र शुभचिन्तकको सहयोगले काममा सफलता प्राप्त गर्न सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सानो प्रयासले व्यापार र उद्योगमा लाभ मिल्नेछ भने प्रतिस्पर्धी परास्त हुनेछन्। अध्ययन, लेखन र साहित्यकलामा प्रगति हुनेछ। प्रेम र मित्रता बलियो बन्नेछ, दाजुभाइ तथा आफन्तसँग आत्मीयता बढ्नेछ। छोटो यात्रा र जमघटले सकारात्मक अनुभव दिनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ र सहयोगीको साथले छिटो परिणाम र उचित प्रतिफल सुनिश्चित हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सबैको सहयोगले प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ र बोलेर गर्ने पेशा फस्टाउनेछ। परिवार र आफन्तसँग मिलेर व्यवसाय र आम्दानी बढ्नेछ। प्रेम, गीत–संगीत र मोडलिङमा समय अनुकूल हुनेछ। नयाँ योजनाले व्यापार विस्तार र राजनीतिक प्रभाव बढाउनेछ। अभिव्यक्ति, लेखन र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुनेछ। मेहनतले सम्मान, स्थायी फाइदा र अवसर सुनिश्चित गर्नेछ।

सम्बन्धित समाचार