काठमाडौं । ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । आइतबार (चैत ८) बिहान करिब १० बजे ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँटाभट्टाको पर्खाल भत्कँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पर्खालको इँटाले च्यापिँदा कर्मचारी रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।
यस्तै, रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल घाइते भएका प्रहरीले जनाएको छ ।
अहिले प्रहरी वृत्त सातदोबाटोबाट खटिएका प्रहरी टोलीले उद्धारको काम गरिरहेको जनाइएको छ ।
