Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेपाल एसबिआई बैंकद्धारा ४४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकद्धारा ४४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ प्लस
नेपाल एसबिआई बैंकद्धारा ४४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित बैंकले चैत्र २ देखि ८ गतेसम्म सातै प्रदेशका विभिन्न ४४ स्थानमा विद्यार्थी तथा युवालाई लक्षित कार्यक्रम आयोजना गरेको हो ।

बैंकका अनुसार आयोजित कार्यक्रममार्फत विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल ठगीसम्बन्धी सचेतना तथा आधारभूत बैंकिङ र वित्तीय अवधारणाबारे जानकारी प्रदान गरिएको थियो ।

उक्त कार्यक्रम कोशी प्रदेशका इटहरी, भोजपुर, विराटनगर, बिर्तामोड, इलाम, दमक र फिदिम लगायतका स्थानमा सञ्चालन गरिएको थियो भने मधेश प्रदेशका सिमरा, बर्दिबास, वीरगञ्ज, चन्द्रनिगाहापुर, राजगढ र जनकपुरमा पनि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सहरहरूमा समेत कार्यक्रम सञ्चालन गरिएको थियो ।कार्यक्रममार्फत देशभर ३ हजारभन्दा बढी विद्यार्थी तथा युवाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको बैंकले जनाएको छ ।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका देशभर १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।

बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्दै युवापुस्तालाई जिम्मेवार आर्थिक व्यवहारतर्फ अभिमुख गराउने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ ।

सम्बन्धित समाचार