Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सहकारीबाट ८० लाख रुपैयाँ लुटेर फरार

सहकारीबाट ८० लाख रुपैयाँ लुटेर फरार

अर्थ प्लस
सहकारीबाट ८० लाख रुपैयाँ लुटेर फरार

काठमाडौं, वैशाख २४ । जनकपुरधाम उपमहानगरपालिका १९ बाट सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैया हतियारधारी समूहले लुटेर भागेका छन् ।

शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्र कुमार महतोले मोटरसाइकलमा गइरहेका बेला अर्को मोटरसाइकलमा आएका तीनजनाले रुपैया लुटेर भागेका हुन् ।

रकम लुटिएकोबारे एक प्रत्यक्षदर्शी बृद्वले भने, ‘मोटरसाइकलमा तीन जना थियो । एक जनाले महतोको मोटरसाइकल रोकेर चावी खोस्यो । अनी पैसा लुटेर भाग्यो ।’

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले रकम लुटेर भागेको र अहिले उपलब्धि प्राप्त नभएको बताए । उनले लुटेराको खोजी भइरहेको बताए ।

सम्बन्धित समाचार