Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

लगातार दोस्रो दिन पनि बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

लगातार दोस्रो दिन पनि बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

अर्थ प्लस
लगातार दोस्रो दिन पनि बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

काठमाडौं, वैशाख २५ । आज दोस्रो दिन पनि सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको पाइएको हो । 

महासंघको अनुसार अघिल्लो कारोबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सयरुपैयाँले बढेको हो । हिजो सोमबार भने सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको थियो । 

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार ७५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३४ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्यमा समेत वृद्धि आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यससँगै प्रतितोला १६ सय ७५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १६ सय ६० रुपैयाँ थियो ।

सम्बन्धित समाचार