Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ, प्रहरी परिसर भद्रकाली लगियो

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ, प्रहरी परिसर भद्रकाली लगियो

अर्थ प्लस
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ, प्रहरी परिसर भद्रकाली लगियो

काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेकलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५:४० मा पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकाली लगिएको छ ।

भदौ २३ गते भएको जेनजी प्रदर्शनका बेला लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए । सो दिन काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएपछि उनले त्यही साँझ पदबाट राजीनामा दिएका थिए ।

शुक्रबार बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसपछि गृहमन्त्री सुधन गुरुङ ले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग उनीहरूलाई पक्राउ गर्ने विषयमा छलफल गरेका थिए ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

सम्बन्धित समाचार