काठमाडौं। बलेन्द्र शाह बालेन नेतृत्वको सरकारले जेनजी दमन छानबिन आयोगको रिपोर्टलाई हवाला दिएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर हुने भएको छ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरण रिट दायर लिएर आइतबार सर्वोच्च जाने बताएका हुन्।
प्रहरीले ओली र लेखकलाई जरुरी पक्राउ पुर्जी जारी गर्दै पक्राउ गर्नु गैरकानुनी रहेकाले बन्दीप्रत्यक्षीकरण रिट लिएर अदालत जाने तयारी भएको वरिष्ठ अधिवक्ता भट्टराईको भनाइ छ।
उनले भने, ‘दुई जनालाई पक्राउ गरेको प्रक्रिया पनि मिलेको छैन। कानुनी प्रक्रिया नपुर्याई पक्राउ गर्नु गलत छ। जरुरी पक्राउ पुर्जी प्रहरीले जारी गर्न त सक्छ, तर त्यो भनेको भागेर कतै जाने सम्भावना भएको अवस्था र प्रमाण नष्ट गर्ने हकमा मात्रै हो।’
प्रहरीले आज बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो।
