काठमाडौं , पुस २९। छिमेक लघुवित्त वित्तीय संस्था लि.को २२औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा हेटांैडाको होटल सामना प्रा.लिमा २०८० साल पौष २९ गते आईतवार वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभामा वित्तीय संस्थाका अध्यक्षबाट संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । काठमाडौंंको मध्य वानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल सम्ममा ६९ जिल्लामा १९७ वटा शाखा मार्फत कुल ४ लाख १९ हजार ८ सय १९ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ ।
२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७९÷८० मा १ अर्ब २ करोड ५० लाख ३ हजार १९५ रुपैंया ९३ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
सेयरधनीहरुलाई आ.व.२०७९÷८० को मुनाफावाट १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरि कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय यस साधारण सभाले गरेको छ । त्यसै गरी यस वित्तीय संस्थाको चुक्ता पूँजी रु २ अर्ब ८३ करोड ५४ लाख २ हजारबाट बृद्धि गरि २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार १०० पु¥याउने निर्णय समेत यस साधारण सभाले गरेको छ ।
