Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

एमाले प्रदेश सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

एमाले प्रदेश सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

अर्थ प्लस
एमाले प्रदेश सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गरेको छ । एमालेबाट निर्वाचित प्रदेश सांसद शर्मालाई आइतबार राति धुम्बाराहीबाट पक्राउ गरिएको  हो । 

शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरुद्धको कसुर गरेको आरोप छ। बालेन्द्र शाह काठमाडौं महानगरको मेयर भएको समय उनको घरबाट एक बालिकालाई उद्धार गरिएको थियो।

त्यसबारे तत्कालीन काठमाडौं महानगरपालिका मेयर शाहले २९ माघ २०८१ मा सामाजिक सञ्जालमा लेखेका थिए। उनले ‘सरी नानु, तिम्रा पीडकविरुद्ध मुद्दा नचल्ने बनाइयो, नआत्तिनू, समय आउनेछ’ भन्दै पीडित बालिकालाई हौसला दिएका थिए।

शाहले बालबालिकामाथि हुने विभेद र अपराध अन्त्य गर्न शिक्षा र सामाजिक चेतनाको आवश्यकता रहेको पनि उल्लेख गरेका थिए।

उनी प्रधानमन्त्री भएलगत्तै शर्मामाथि धरपकड गरिएको हो ।स्रोतले जनाएअनुसार शर्मालाई पक्राउ पुर्जीसमेत नदिई प्रहरी मध्यरातमा उठाएर लगेको छ।

सम्बन्धित समाचार