Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

महालक्ष्मी विकास बैंकको 'महालक्ष्मी क्यालेन्डर २०८३'को डिजिटल संस्करण सार्वजानिक

महालक्ष्मी विकास बैंकको 'महालक्ष्मी क्यालेन्डर २०८३'को डिजिटल संस्करण सार्वजानिक

अर्थ प्लस
महालक्ष्मी विकास बैंकको 'महालक्ष्मी क्यालेन्डर २०८३'को डिजिटल संस्करण सार्वजानिक

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा 'महालक्ष्मी क्यालेन्डर २०८३' को डिजिटल संस्करण सार्वजनिक भएको छ । बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आइतबार (चैत्र १५) आयोजित कार्यक्रमका उक्त क्यालेन्डर सार्वजनिक गरिएको हो ।

परम्परागत रूपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्यअनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको बैंकले बताएको छ ।  महत्त्वपूर्ण चाडपर्वहरू, तिथि, बिदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंग्रेजी संवतको मितिहरूलगायतका सम्पूर्ण  विषयवस्तुहरू डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ ।

नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरूको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरूको संस्कृतिलाई संवर्द्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार