Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

अर्थ प्लस
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ–सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधिसभामा रहेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट बिहीबारका लागि संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बस्न लागेको हो ।

राष्ट्रपति पौडेलले संसदका दुवै सदनको बैठक बिहीबार दिउँसो २ बजे बस्नेगरी आह्वान भएको छ ।

सम्बन्धित समाचार