Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आजको मौसम: देशभर मेघगर्जन सहित वर्षा र हिमपातको सम्भावना

आजको मौसम: देशभर मेघगर्जन सहित वर्षा र हिमपातको सम्भावना

अर्थ प्लस
आजको मौसम: देशभर मेघगर्जन सहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, हाल कोसी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।

बिहीबार (चैत्र १९) दिउँसो हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भू–(भागमा आंशिक बादल लाग्नेछ । बाँकी पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार