Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
कर्पोरेट

सर्वोत्तम सिमेन्टको आईपीओमा हालसम्म ४.४४ गुणा बढी आवेदन

सर्वोत्तम सिमेन्टको आईपीओमा हालसम्म ४.४४ गुणा बढी आवेदन

सर्वोत्तम सिमेन्टको आईपीओमा हालसम्म ४.४४ गुणा बढी आवेदन

काठमाडौं , पुस २९। पुस २५ गतेदेखि वैदेशिक रोजगारमा गएका नेपालीका लागि खुलाइएको सर्वोत्तम सिमेन्टको आईपीओमा हालसम्म ४.४४ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि दुई लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेकोमा १७ हजार पाँच सय ४२ जनाले ११ लाख ८७ हजार पाँच सय ४० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले प्रतिकित्ता ३६०.९ रुपैयाँमा सेयर निष्काशन खुला गरेको हो ।

कम्पनीको कुल जारी पुँजीको १२.९०३३ प्रतिशतले हुने ६० लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट जारी गर्न अनुमति पाएको थियो । यसमध्ये कम्पनीले ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि निष्कासन गरिसकेको छ । त्यसबाहेक वैदेशिक रोजगारमा रहेका नेपालीलाई २ लाख ६७ हजार कित्ता र स्थानीयबासीलाई ९ लाख ३० हजार कित्ता आइपिओ अहिले निष्कासन गरिएको हो ।

आइपिओमा माघ १० गते सम्ममा आवेदन दिन सकिनेछ । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ भने कम्पनी उत्पादन सेक्टरको रहेको छ ।

 

सम्बन्धित समाचार