Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सार्वजनिक यातायातमा नयाँ भाडादर आजबाटै लागू हुने

सार्वजनिक यातायातमा नयाँ भाडादर आजबाटै लागू हुने

अर्थ प्लस
सार्वजनिक यातायातमा नयाँ भाडादर आजबाटै लागू हुने

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ ।  यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी र ढुवानीका सवारीको भाडा समायोजन गरी आजैदेखि लागू गर्ने जनाएको छ । 

विभागले विभागले २०८२ चैत २२ गते नै भाडा समायोजनका लागि आवश्यक फाइल मन्त्रालयमा पेस गरेको थियो । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल ९मन्त्रीस्तर० को निर्णयबाट उक्त प्रस्तावलाई स्वीकृत गरेसँगै नयाँ भाडा दर कार्यान्वयनमा आएको हो ।

यात्रुवाहक सवारीको भाडा १६।७१ प्रतिशतले वृद्धि गरिएको छ । यस्तै, मालवाहक सवारी साधनको भाडामा पनि उल्लेख्य वृद्धि भएको छ । पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१।६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।

विभागका निर्देशक श्रीकान्त यादवका अनुसार आजैदेखि नयाँ भाडा दर लागू हुनेछ । निर्देशक यादवले भाडा समायोजन एउटा नियमित प्रक्रिया भएको र यसपटक विभिन्न १३ वटा सूचकहरूलाई आधार मानेर भाडा दर पुनरावलोकन गरिएको जानकारी दिए । ‘भाडा समायोजन गर्ने विषयमा आवश्यक हिसाब र क्याल्कुलेसन सम्पन्न भई अगाडि बढिसकेको छ,’ यादवले भने,‘ आजैदेखि राजधानीमा बढेको भाडा दर लागू हुनेछ ।’

विगतमा इन्धनको मूल्यलाई मात्र मुख्य आधार मानिने गरे पनि यस पटक सवारी साधनका अन्य पार्टपुर्जा, लुब्रिकेन्ट्स र श्रम लागत लगायतका १३ वटा सूचकहरूलाई विश्लेषण गरी भाडा समायोजनको प्रस्ताव तयार पारिएको विभागका निर्देशक यादवको भनाइ छ ।

पहिलेदेखि नै भइराखेको विषय हो यो, बीचमा केही समय रोकिएको थियो । अहिले सबै पक्षको विस्तृत विश्लेषण गरेर नयाँ दर तय गरिएको हो । यादवले भने, ‘भाडा समायोजनमा ३५ प्रतिशत हिस्सा इन्धनको हुन्छ भने बाँकी ६५ प्रतिशत हिस्सा अन्य १३ वटा गैर–इन्धन सूचकहरूको हुन्छ । ती सबै पक्षको विस्तृत क्याल्कुलेसन गरेर नयाँ दर तय गरिएको हो ।’

विभागले २०८२ साउन १ गते सवारी साधनको मूल्य समायोजनका लागि एउटा समिति गठन गरेको थियो । उक्त समितिले टायर, लुब्रिकेन्ट, पार्टपुर्जा र श्रमिकको पारिश्रमिक लगायतका विषयमा बजार अध्ययन गरी बुझाएको प्रतिवेदनका आधारमा यो निर्णय लिइएको हो ।

पश्चिम एसियाको द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धिपछि व्यवसायीले भाडा बढाउन दबाब दिएका थिए । नेपाल आयल निगमले पनि द्वन्द्व सुरु भएसँगै पेट्रोलियम पदार्थको मूल्य तीन पटक बढाइसकेको छ । पेट्रोलको मूल्य अहिले प्रति लिटर २०२ रुपैयाँ र डिजलको भाउ प्रति लिटर १८२ रुपैयाँ छ । 

२०६५ सालमा इन्धनको मूल्य ५ प्रतिशत वा सो भन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा भाडा घटरबढ हुने सहमति भएको थियो, तर कार्यान्वयनमा आउन सकेको थिएन । 

२०७८ सालयता इन्धनको भाउ पटक–पटक बढ्दा पनि भाडा दर समायोजन हुन नसकेको भन्दै यातायात व्यवसायीहरूले सेवा ठप्प पार्ने चेतावनी दिएका थिए । यसअघि इन्धनको मूल्य बढेका आधारमा २०८१ पुस २२ गते  भाडा दर समायोजन भएको थियो ।

सम्बन्धित समाचार