Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

विरोधपछि परिचयपत्रबाटै कानुन व्यवसायीले सिंहदरबारमा प्रवेश गर्न पाउने

विरोधपछि परिचयपत्रबाटै कानुन व्यवसायीले सिंहदरबारमा प्रवेश गर्न पाउने

अर्थ प्लस
विरोधपछि परिचयपत्रबाटै कानुन व्यवसायीले सिंहदरबारमा प्रवेश गर्न पाउने

काठमाडौं । कानुन व्यवसायीहरूले आफ्नो परिचयपत्रबाटै सिंहदरबार प्रवेश गर्न पाउने भएका छन्। आइतबारदेखि कानुन व्यवसायीहरूले पनि सिंहदरबार प्रवेश गर्नका लागि गेट पास लिनुपर्ने व्यवस्था गरेको थियो। त्यसअघि कानुन व्यवयासीहरू आफ्नो परिचयपत्रकै आधारमा सिंहदरबारमा निर्वाध रूपमा प्रवेश गर्न पाउँथे। 

नेपाल बार एसोसिएसनसहित कानुन व्यवसायीले विरोध जनाएपछि अहिले फेरि परिचयपत्रबाटै प्रवेश अनुमति दिइएको बारका महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिए। ‘सुरक्षा निकायले हामीलाई फेरि परिचयपत्रकै आधारमा मिल्ने जानकारी गराएको छ,’ उनले भने। 

सरकारले अब सिंहदरबार प्रवेशका लागि मापदण्ड समेत बनाउने तयारी गरेको उनले बताए।‘अहिलेलाई उहाँहरूले प्रवेश गर्न दिने, तर फेरि मापदण्ड बनाउने कुरा पनि गर्नुभएको छ,’ उनले भने। सिंहदरबार प्रवेशमा रोक लगाएपछि बारले प्रधानमन्त्री बालेन शाहसमेतलाई सहजीकरण गरिदिन भनेर पत्र लेखेको थियो।

सम्बन्धित समाचार