Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अर्थमन्त्री वाग्लेको ९ ठाउँमा जग्गा, १ लाख कित्ता भन्दा बढी सेयर

अर्थमन्त्री वाग्लेको ९ ठाउँमा जग्गा, १ लाख कित्ता भन्दा बढी सेयर

अर्थ प्लस
अर्थमन्त्री वाग्लेको ९ ठाउँमा जग्गा, १ लाख कित्ता भन्दा बढी सेयर

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेसँग विभिन्न ९ ठाउँमा जग्गा छ । वाग्लेले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार यस्तो देखिएको हो। 

विवरण अनुसार काठमाडौंको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना, भैसेपाटीमा ४ आना लगायत धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिका समेत जग्गा रहेको छ। 

त्यस्तै, उनीसँग ४५ तोला सुन छ । यो पारिवारिक तथा रोजगारीबाट आर्जन गरेको विवरण छ । विभिन्न कम्पनीमा गरी उनीसँग १ करोड ९० लाख रुपैयाँ रहेको छ। 

उनीसँग सांग्रीला डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको गरी झण्डै १ लाख कित्ता प्रोमेटर सेयर र अन्य ५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख छ। त्यस्तै, ९४ लाख रुपैयाँ पर्ने सुवानु एसभी समेत रहेको देखिन्छ।

सम्बन्धित समाचार