Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एन आई सी एशिया बैंकद्वारा मनहरी, मकवानपुरस्थित आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान 

एन आई सी एशिया बैंकद्वारा मनहरी, मकवानपुरस्थित आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान 

अर्थ प्लस
एन आई सी एशिया बैंकद्वारा मनहरी, मकवानपुरस्थित आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान 

मकवानपुर । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मनहरी–८, मकवानपुरस्थित आमा घर सेवा आश्रममा रहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ आरओ वाटर प्युरिफायर जडान गरेको छ ।

परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई खानेबस्ने सुविधासहित आश्रय दिइरहेको उक्त संस्थाका लागि यस बैंकका सर्कल हेड–नारायणगढका श्री रामकृष्ण काफ्लेज्यूले आमा घर सेवा आश्रमका संरक्षक विजय राज सिग्देलज्यूलाई मिति २०८३ वैशाख २ गते एक कार्यक्रमका बीच आरओ वाटर प्युरिफायर हस्तान्तरण गर्नुभयो ।

बैंकले उपलब्ध गराएको उक्त सहयोगले आश्रममा आश्रित व्यक्तिहरुलाई स्वच्छ खानेपानीको सुविधा हुनुको साथै वहाँहरुको स्वास्थ्य तथा आश्रमको बसाई अझ सहजता हुने बैंकले विश्वास लिएको छ ।     

सम्बन्धित समाचार