Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

उकालो लाग्यो सुनको मूल्य, ३ लाख नाघ्यो

उकालो लाग्यो सुनको मूल्य, ३ लाख नाघ्यो

अर्थ प्लस
उकालो लाग्यो सुनको मूल्य, ३ लाख नाघ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको हो। 

योसँगै प्रतितोला सुन ३ लाख १ हजार कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको पनि तोलामा ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार