Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

यस्ता छन् रास्वपा सचिवालय बैठकको निर्णयहरू

यस्ता छन् रास्वपा सचिवालय बैठकको निर्णयहरू

अर्थ प्लस
यस्ता छन् रास्वपा सचिवालय बैठकको निर्णयहरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आइतबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा रास्वपा सचिवालय बैठकले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गर्दै जिल्ला अधिवेशन कार्यविधि पनि स्वीकृत गरेको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

बैठकले केन्द्रीय संगठन विभागको विज्ञ समूह सदस्यमा तीनजना सदस्यहरू मननीत गर्ने निर्णय भएको गरेको छ। जसमा कमल खनाल रूपन्देहीबाट, तोरण बिक सुर्खेतबाट र उदय सापकोटा रौतहटबाट रहेको महामन्त्री बुर्लाकोटीले बताए।

बैठकले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ। पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गरेको उनले बताए। त्यस्तै बैठकले महाधिवेशनका लागि तयारी गर्न कार्यविधि बनाउन महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको बुर्लाकोटीले बताए।

सचिवालय बैठकले केन्द्रीय समिति बैठकको ‘एजेन्डा’ तय गरेको छ। बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ। 

 

सम्बन्धित समाचार