Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

पेट्रोलियम पदार्थको मूल्य घटाउन जेन–जी नागरिक अभियानले निगमलाई बुझायो पाँच बुँदे ज्ञापनपत्र

पेट्रोलियम पदार्थको मूल्य घटाउन जेन–जी नागरिक अभियानले निगमलाई बुझायो पाँच बुँदे ज्ञापनपत्र

अर्थ प्लस
पेट्रोलियम पदार्थको मूल्य घटाउन जेन–जी नागरिक अभियानले निगमलाई बुझायो पाँच बुँदे ज्ञापनपत्र

काठमाडौं- राष्ट्रिय जेन–जी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग गर्दै सोमबार नेपाल आयल निगमलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ। 

यसअघि शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी २४ घण्टाभित्र मूल्य नघटाए निगम घेर्ने चेतावनी दिएको सो संगठनका प्रतिनिधिहरूले सोमबार निगमको कार्यालयमा पुगेर दबाब दिएका हुन्। सो अवसरमा केही समय नाराबाजी समेत भएको थियो, जसलाई प्रहरीले हस्तक्षेप गरी रोकेको थियो।

अभियानका प्रवक्ता वीरजंग विश्वकर्माले इन्डियन आयल कर्पोरेसनबाट खरिद हुने पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रक्रियामा पारदर्शिता नभएको भन्दै खरिद मूल्य, कर संरचना र विस्तृत मूल्यसूची सार्वजनिक गर्न माग गरे। 

उनले मूल्य स्थिरीकरणका लागि उपलब्ध कोषको तत्काल प्रयोग गरी उपभोक्तालाई राहत दिनुपर्ने, निगमको प्रशासनिक खर्च कटौती गर्नुपर्ने र कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणका लागि कडा अनुगमन गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, वर्तमान आर्थिक सङ्कट अन्त्य नभएसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि पूर्ण रूपमा रोक्नुपर्ने अभियानको मुख्य माग रहेको छ। सरकारले इन्धनमा कर तथा भन्सार छुट दिने निर्णय गरे पनि त्यसको वास्तविक लाभ सर्वसाधारण उपभोक्तासम्म पुग्न नसकेको उनले बताए।

सम्बन्धित समाचार