Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

नेपाल लाइफले ल्यायाे रजत जयन्ती विशेष योजना: व्यतित बिमालेखकाे विलम्ब शुल्कमा पूर्ण छुट

नेपाल लाइफले ल्यायाे रजत जयन्ती विशेष योजना: व्यतित बिमालेखकाे विलम्ब शुल्कमा पूर्ण छुट

अर्थ प्लस
नेपाल लाइफले ल्यायाे रजत जयन्ती विशेष योजना: व्यतित बिमालेखकाे विलम्ब शुल्कमा पूर्ण छुट

काठमाडौँ / नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) को अवसरमा व्यतित बिमालेखहरू पुनः सक्रिय बनाउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट योजना सार्वजनिक गरेको छ।

वर्तमान आर्थिक अवस्थाका कारण धेरै बिमालेखहरू व्यतित भइरहेको अवस्थालाई ध्यानमा राख्दै कम्पनीले बिमितलाई सहज रूपमा नवीकरण बीमाशुल्क भुक्तानीमार्फत पुनः बिमा सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित यो योजना लागु गरेको हो।

कम्पनीले बैशाख ७ देखि जेठ ५ सम्म लागु हुने गरी “विशेष बिमा पुनर्जागरण योजना २०८२/०८३” अन्तर्गत व्यतीत बिमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरेको छ।

यो ३० दिनको अवधिका लागि ल्याइएको विशेष अवसर भएको र यस अवधिमा बिमालेख व्यतीत भएका बिमितहरूले छुटको पूर्ण लाभ लिन सक्ने कम्पनीले जनाएको छ।

नेपाल लाइफले यस योजनामार्फत बिमितलाई आफ्नो बिमालेख नवीकरण गरी निरन्तर बीमा सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

कम्पनीका अनुसार नेपाल लाइफ देशकै अग्रणी जीवन बिमा कम्पनी हो, जसले करिब ३० प्रतिशत बजार हिस्सा ओगट्दै आएको छ। विगत २५ वर्षदेखि लाखौं नेपाली परिवारहरूको विश्वास जित्दै आएको कम्पनीले देशभरका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ।

त्यस्तै, कम्पनीसँग ६९,००० भन्दा बढी अभिकर्ताको सशक्त नेटवर्क रहेको छ, जसले देशभर बिमा सेवा विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

साे अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बिमितलाई सम्बोधन गर्दै ग्राहकको विश्वास कम्पनीको प्रमुख प्राथमिकता रहेको बताए।

उनले भने, “बिमालेख व्यतित हुनु विभिन्न परिस्थितिका कारण हुन सक्छ। बिमितलाई पुनः बिमा सुरक्षाको दायरामा ल्याउने उद्देश्यले यो विशेष छुट योजना ल्याइएको हो। हामी सबै बिमितलाई आफ्नो तथा परिवारको भविष्य सुरक्षित बनाउन यो अवसरको उपयोग गर्न आग्रह गर्दछौँ।”

नेपाल लाइफले आगामी दिनमा पनि ग्राहक केन्द्रित सेवा विस्तार गर्दै बिमा क्षेत्रमा विश्वसनीयता, पहुँच र गुणस्तर अझ मजबुत बनाउँदै जाने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार