चितवन / कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो बजार विस्तारलाई निरन्तरता दिँदै चितवनको मंगलपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। अथर्व इन्टरप्राइजेजद्वारा सञ्चालित उक्त शोरुम वैशाख ७ गते औपचारिक रूपमा उद्घाटन गरिएको हो।
उद्घाटन समारोहमा कम्पनीका निर्देशक हिमांशु अग्रवाल को उपस्थिति रहेको थियो। उनले प्रमुख क्षेत्रीय बजारहरूमा पहुँच विस्तार गर्ने कम्पनीको रणनीतिलाई यस कदमले थप मजबुत बनाएको बताए।
कार्यक्रममा बोल्दै अग्रवालले चितवन क्षेत्रमा बढ्दो पूर्वाधार र आवास निर्माणको मागलाई लक्षित गर्दै उच्च गुणस्तर र डिजाइन–केन्द्रित टायल समाधान उपलब्ध गराउने ठुलो सम्भावना रहेको उल्लेख गरे। उनले अथर्व इन्टरप्राइजेजसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै स्थानीय ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याए।
कम्पनीले नेपालभर आफ्नो सञ्जाल विस्तार गर्दै टायल उद्योगमा विश्वासिलो ब्रान्डको रूपमा पहिचान बनाउँदै आएको छ। उन्नत प्रविधिसहित सञ्चालनमा रहेको उत्पादन प्रणाली, अन्तर्राष्ट्रिय मान्यता तथा गुणस्तरीय उत्पादनका कारण कजारियाले बजारमा बलियो स्थान कायम गरेको जनाएको छ।
हाल कम्पनीका उत्पादनहरूमा विभिन्न साइजका ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी टायल तथा सेरामिक वाल टायल समावेश छन्, जसले टिकाउपन, आकर्षक डिजाइन र उच्च कार्यसम्पादन प्रदान गर्ने कम्पनीको दाबी छ।
कजारियाले नेपालभर १०० भन्दा बढी शोरुममार्फत सेवा विस्तार गरिसकेको छ।
