Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आईपीएल: दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

आईपीएल: दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

अर्थ प्लस
आईपीएल: दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्सविरुद्ध सानदार जित निकालेको छ ।

अरुण जेटली स्टेडियममा पहिले बलिङ गरेको बेंगलुरुले दिल्लीलाई मात्र १७औँ ओभरमा ७५ रनमै अलआउट गर्‍यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो, टोलीले केवल ८ रनमै ६ विकेट गुमाएको थियो । ७६ रनको जवाफी लक्ष्य पछ्याएको बैंगलुरुले एक विकेट गुमाएर ६.३ ओभरमा ७७ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

दिल्लीका लागि अभिषेक पोरेलले ३०, डेभिड मिलरले १९ र केइल जामेइसनले १२ रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बैंगलुरुका लागि जोश हेजलउडले ४ तथा भुवनेश्वर कुमारले ३ विकेट लिए । त्यस्तै राशिक सलाम, सुयस शर्मा र कुणाल पाण्ड्याले १/१ विकेट लिए ।

जवाफी ब्याटिङमा बैंगलुरुका ज्याकोक बेथलले २० रन जोडे । नटआउट रहेका विराट कोहली र देभदत्त पाडिकलले नटआउट रहँदै क्रमशः २३ र ३४ रन जोडे । दिल्लीका लागि केइल जामेइसनले १ विकेट लिए ।

सम्बन्धित समाचार