Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

प्रभु बैंकद्धारा एचआरडिसीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत चेक हस्तान्तरण

प्रभु बैंकद्धारा एचआरडिसीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत चेक हस्तान्तरण

अर्थ प्लस
प्रभु बैंकद्धारा एचआरडिसीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत चेक हस्तान्तरण

काठमाडौँ- प्रभु बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्रदेश ३, जनागाल, बनेपा–११, काभ्रेपलाञ्चोक स्थित HRDC लाई रु ७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ ।

उक्त रकम लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरुमा बसोबस गर्ने शारीरिक रुपमा अशक्त तथा विपत्र बालबालिकाहरुको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, सहायक सामग्री वितरण तथा पुनस्र्थापना सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न HRDC लाई सहयोग पुग्ने छ ।

एक कार्यक्रमका बिच प्रभु बैंक लिमिटेडका तर्फबाट मार्केटिङ्ग म्यानेजर सबिन सम्शेर राणाले HRDC का प्रमुख प्रशासन अधिकृत प्रकाश कुमार यादवलाई चेक हस्तान्तरण गरिएको हो ।

प्रभु बैंक लिमिटेडका नेपालभर ३०० शाखा कार्यालयहरु, २६१ एटीएमहरु साथै ६६ एक्सटेन्सन काउन्टरहरु मार्फत करिब ३६ लाख भन्दा बढि ग्राहकवर्गहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथ गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेकोे छ ।

सम्बन्धित समाचार