Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

उद्योगी व्यवसायीलाई रवि लामिछानेले भने ‘डर मान्नुपर्दैन, व्यवसाय धराशायी बनाउने मनशाय छैन’

उद्योगी व्यवसायीलाई रवि लामिछानेले भने ‘डर मान्नुपर्दैन, व्यवसाय धराशायी बनाउने मनशाय छैन’

अर्थ प्लस
उद्योगी व्यवसायीलाई रवि लामिछानेले भने ‘डर मान्नुपर्दैन, व्यवसाय धराशायी बनाउने मनशाय छैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन् । आईतवार निजी क्षेत्रका प्रतिनिधिहरुको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने रहेको बताएका हुन् । 

उनले सरकारको सुशासन अभियानमा साथ दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले सरकार उद्योगी व्यवसायीहरुसँग सहकार्य गरेर नै अगाडी बढ्न चाहेका बताएका छन् । तर अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिहरूमा राज्यले कडाइका साथ निगरानी राख्ने उनको भनाई छ ।

विगतमा राजनीतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको दबाबमा परेका घटनाहरूलाई सरकारले राम्रोसँग बुझेको उनले बताएका छन्। उनले अब अवस्था नदोहोरिनेमा ढुक्क हुन आग्रह गरेका छन् । सरकार सरकारले उधोगी व्यवसायीलाई नीतिले नै सुरक्षा दिने उनको भनाई छ । 

उनले वर्तमान सरकार चुनावमा आफूहरुले गरेको वाचापत्रको आधारमा नै सञ्चालन हुने बताएका छन् । जनताले वाचापत्र हेरेर नै भोट दिएको उल्लेख गर्दै उनले वाचापत्रभन्दा दायाँबायाँ नजाने दाबी गरेका छन् । उनले उद्योगी व्यवसायीहरुलाई आफ्ना कमीकमजोरीलाई पनि मूल्याङ्कन गर्न आग्रह गरेका छन् ।   

सम्बन्धित समाचार