Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना: पाँच घाइते, एकको अवस्था गम्भीर

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना: पाँच घाइते, एकको अवस्था गम्भीर

अर्थ प्लस
सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना: पाँच घाइते, एकको अवस्था गम्भीर

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकामा बिहीबार बिहान जन्ती बोकेको बोलेरो दुर्घटनामा पर्दा पाँचजना घाइते भएका छन् । प्रहरीका अनुसार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको डबल क्याप बुलेरो घुम्ती सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको हो । 

दुर्घटना दुधौली नगरपालिका-१ राँगेस्थित सडक खण्डमा भएको प्रहरीले जनाएको छ । गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए । दुर्घटनामा बेहुला भने सकुशल रहेको बताइएको छ ।

दुर्घटनामा घाइते भएका योगबहादुर खत्रीको अवस्था गम्भीर रहेको बताइएको छ। प्रारम्भिक उपचारपछि उनीलाई थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको छ । अन्य घाइते लालबहादुर विक, साने विक, श्याम विकलगायत चारजनाको स्थानीय सिर्थौली अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनाका घाइतेलाई स्थानीयबासी र सुरक्षाकर्मीले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरू गरेको जनाएको छ । 

सम्बन्धित समाचार