Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

३० वैशाख, काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ तोलाको ३ लाख २ हजार २०० रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ लाख २ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै गत बुधबार २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर ५ हजार ७१० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन ५ हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय चाँदीको मूल्यवृद्धि उच्च देखिएको छ । एक सातामै चाँदी १२.९६ प्रतिशतले महँगिएको छ । गत बुधबार चाँदी ५ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार