Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

विपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् बैठक अवरुद्ध

विपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् बैठक अवरुद्ध

अर्थ प्लस
विपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् बैठक अवरुद्ध

काठमाडौँ । विपक्षी दलका सांसदहरूले संसद् बैठक अवरुद्ध गरेका छन् ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गर्दै सांसदहरूले संसद् बैठक अवरुद्ध गरेका हुन् ।

प्रधानमन्त्री शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेनको राजीनामा माग गरेका छन् ।

आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूचीमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् ।

उनीहरूले अहिले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन् ।

सम्बन्धित समाचार