Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

अर्थ प्लस
राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद्, राष्ट्रियसभामा आजबाट नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । बिहान सवा ११ बजेका लागि बैठक बोलाइएको छ । 

प्रधानमन्त्री वालेन्द्र शाहले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । 

बैठकमा अध्यक्षले नीति तथा कार्यक्रममा माथि पेस भएका संशोधन प्रस्ताव निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताववाहेक) छलफलका लागि बैठकमा प्रस्ताव प्रस्तुत गर्नेछन् । 

सम्बन्धित समाचार