Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एनएमबि बैंकका ग्राहकलाई भारतकाे मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकलाई भारतकाे मेदान्ता अस्पतालमा विशेष छुट

अर्थ प्लस
एनएमबि बैंकका ग्राहकलाई भारतकाे  मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडाैँ / एनएमबि बैंकका ग्राहकले भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि मेदांता अस्पतालसँग स्वास्थ्य सेवा छुटसम्बन्धी सहकार्य गरेको हो ।

यस सहकार्यअन्तर्गत ग्राहकहरूले ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवा र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै, आइपिडी सेवाअन्तर्गत रुम रेन्ट तथा विभिन्न जाँच सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।

एनएमबि बैंकले ग्राहकहरूको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै बैंकिङ सेवाभन्दा बाहिर पनि थप सुविधा उपलब्ध गराउने उद्देश्यले यस्तो सहकार्य गरिएको जनाएको छ ।

हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार