Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

STC Ride र STC Energy का ब्रान्ड एम्बासडरमा महिला फुटबल टोलीका खेलाडीहरु रेखा पौडेल, दीपा शाही र मनमाया नियुक्त

STC Ride र STC Energy का ब्रान्ड एम्बासडरमा महिला फुटबल टोलीका खेलाडीहरु रेखा पौडेल, दीपा शाही र मनमाया नियुक्त

अर्थ प्लस
STC Ride र STC Energy का ब्रान्ड एम्बासडरमा महिला फुटबल टोलीका खेलाडीहरु रेखा पौडेल, दीपा शाही र मनमाया नियुक्त

काठमाडौं । स्वदेशमै उत्पादन हुँद आएका ब्याट्री ब्रान्डहरु STC Ride तथा STC Energy ले नेपाली खेलकुद क्षेत्रसंगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ ।

आज अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा आयोजित विशेष साइनिड समारोहमार्फत राष्ट्रिय महिला फुटबल टोलीका चर्चित खेलाडीहरु रेखा पौडेल, मनमाया दमाई तथा दीपा शाही संग औपचारिक सम्झौता सम्पन्न गरिएको हो ।

सम्झौता अनुसार राष्ट्रिय टोलीकी फरवार्ड खेलाडी रेखा पौडेल तथा प्रतिभाशाली युवा खेलाडी दीपा शाही ले STC Ride को प्रतिनिधित्व गर्नेछन् भने राष्ट्रिय टोलीसंग आबद्ध खेलाडी मनमाया दमाईलाई STC Energy को ब्रान्ड एम्बासडरको रूपमा अनुबन्ध गरिएको छ ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी रेखा पौडेल, दीपा शाही र मनमाया दमाईले घरेलु तथा अन्तर्राष्टिय प्रतियोगिताहरुमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दे नेपाली महिला फुटबलको उन्नयनमा महत्वपूर्ण योगदान दिइरहेका छन् । अनुभव, उदीयमान प्रतिभा र निरन्तर समर्पणका साथ यी तीनै खेलाडीहरुले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दे आएका छन् ।

नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय Shree STC Group ले विगत लामो समयदेखि गुणस्तरीय तथा भरपर्दो ऊर्जा समाधान उपलब्ध गराउँदै आएको छ । कम्पनीले आधुनिक प्रविधिमा आधारित ब्याट्री उत्पादन मार्फत नेपाली बजारमा आफ्नो विश्वसनीय पहिचान स्थापित गरेको छ ।

कम्पनीका प्रमुख उत्पादनहरु STC Ride तथा STC Energy पूर्ण रुपमा Made in Nepal ब्याट्री ब्रान्डहरु हुन । नेपाली सडक, मौसम तथा उपभोक्ताको आवश्यकताअनुसार स्वदेशमै उत्पादन गरिएका यी ब्याट्रीहरुले उच्च कार्यक्षमता, लामो आयु तथा भरपर्दो प्रदर्शन प्रदान गर्दै आएका छन् ।

विशेषगरी टुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा ऊर्जा तथा पावर ब्याकअप क्षेत्रमा आफ्नो प्रभाव तथा लोकप्रिय बन्दै गरिरहेको कम्पनीले जनाएको कार्यक्रममा बोल्दै एसटीसी ग्रुप का प्रबन्ध निर्देशक र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपाली खेलाडीहरूसँग सहकार्य गर्न पाउँदा गर्व महसुस भरको बताएका थिए ।

कम्पनीले खेलकुद क्षेत्र र युवा पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय खेलाडीहरू सँग सहकार्य गरिएको उल्लेख गर्दै आगामी दिनहरुमा पनि नेपाली प्रतिभालाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कार्यक्रममा एन्फाका पदाधिकारी, एसटीसी ग्रुपका मार्केटिड टिम, खेलकुदकर्मी, व्यवसायी, स्चारकर्मी तथा विभिन्न क्षेत्रका अतिथिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। साइनिड समारोह उत्साहपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भरको थियो ।

सम्बन्धित समाचार