Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान विजयी

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान विजयी

अर्थ प्लस
उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान विजयी

८ जेठ, काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासङ्घमा दुई पदका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि निर्वाचन भएको थियो ।

वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् । उनले कुल ५६ मत पाएका छन् । उनले प्रतिस्पर्धी रामचन्द्र संघईलाई हराएका हुन् । संघईले ३० मत पाए ।

उता, कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन् । प्रधानले ६१ मत पाउँदा प्रतिस्पर्धी अम्बिका पौडेलले २५ मत पाएको महासंघ निर्वाचन समितिले जनाएको छ ।

दुवै अध्यक्ष अञ्जन श्रेष्ठ समूहबाट निर्वाचित भएका हुन् । योसँगै नयाँ कार्यकारिणी समितिले पूर्णता पाएको छ।

सम्बन्धित समाचार