Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

सहकारीको ऋण उठाउन तात्यो सरकार, थप तीन समस्याग्रस्त सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक

सहकारीको ऋण उठाउन तात्यो सरकार, थप तीन समस्याग्रस्त सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक

अर्थ प्लस
सहकारीको ऋण उठाउन तात्यो सरकार, थप तीन समस्याग्रस्त सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त तीन सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिका अनुसार समस्याग्रस्त घोषित ३ वटा सहकारीका १ हजार ७ सय ७० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो

समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीको नाममा सार्वजनिक भएको हो। समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ। अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ।

साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिक रूपमा प्रकाशित हुने भएकाले ऋणीहरूले कार्यालयमा यथाशीघ्र सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ। समितिले समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक गर्दै आएको छ। 

सम्बन्धित समाचार