Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

बुधवारको राशिफल : आज कुन राशि हुनेहरूलाई के गर्दा फाइदा हुन्छ ?

बुधवारको राशिफल : आज कुन राशि हुनेहरूलाई के गर्दा फाइदा हुन्छ ?

अर्थ प्लस
बुधवारको राशिफल : आज कुन राशि हुनेहरूलाई के गर्दा फाइदा हुन्छ ?

आज मिति २०८३ जेठ १३ गते तदनुसार २७ मे २०२६ बुधवार, ज्येष्ठ अधिक शुक्लपक्ष एकादशी तिथि, बिहान ८ बजेर १७ मिनेटपछि द्वादशी, हस्त नक्षत्र, बिहान ८ बजेर ०८ मिनेटपछि चित्रा, चन्द्रराशि कन्या।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खानपान र आर्थिक पक्षमा सावधानी अपनाउनुपर्ने देखिन्छ। धन हानि, विवाद तथा सम्बन्धमा अविश्वास बढ्नसक्छ । पुराना समस्या फेरि बल्झिनाले तनाव हुन सक्छ । संयम रहनुहोला । प्रतिस्पर्धी र अवरोध बढे पनि निरन्तर मेहनतले सामान्य सफलता दिलाउनेछ। दिनको अन्त्यतिर केही राहत महसुस हुने सम्भावना छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शिक्षा, व्यापार र लगानीका क्षेत्रमा प्रगतिको संकेत देखिन्छ। सुझबुझका साथ गरिएको लगानीबाट राम्रो आम्दानी हुनेछ भने परिवार र प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। शुभ समाचार, उपहार तथा भौतिक लाभ प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। रोकिएका काम पूरा हुने र नयाँ अवसर पाउने सम्भावना छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
समाजसेवा र अरुको सहयोगमा व्यस्त हुँदा आफ्नो काममा ढिलाइ हुनेछ। प्रेम तथा दाम्पत्य सम्बन्धमा मनमुटाब बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ। कामको चाप र अन्योल बढे पनि संयम रहदा गल्ती कम हुनेछ । कृषि तथा पशुपालनबाट लाभ मिल्ने सम्भावना छ तर आश्वासन दिनलाई सजिलै विश्वास नगर्नु राम्रो हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय प्रतिकूल रहेको छ । खर्च बढ्ने र मेहनतअनुसार उपलब्धि कम मिल्ने संकेत देखिन्छ। आफन्तसँग विवाद बढ्न सक्छ । प्रलोभनमा पर्दा समस्यामा परिनेछ त्यसैले सावधानी अपनाउनुहोला । सिर्जनात्मक सोच, आत्मीय सम्बन्ध र सकारात्मक व्यवहारले केही सहज महसुस हुनेछ। चुनौतीबीच पनि अवसर खोज्न सकिनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साहित्य र कला क्षेत्रमा आम्दानी र सफलता मिल्ने संकेत देखिन्छ। काउन्सेलिङ र अभिव्यक्तिमूलक पेसा फस्टाउनेछ भने बोलीको प्रभाव बढ्नेछ। रमाइलो वातावरणमा समय बित्नेछ । प्रेम सम्बन्ध प्रगाढ हुनेछ। मेहनत र धैर्यले मान–सम्मान, आम्दानीका स्रोत विस्तार र अध्ययनमा प्रगति दिलाउनेछ । रोकिएको काम बन्ने योग छ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
समयको सदुपयोग र रचनात्मक कार्यले प्रतिष्ठा बढ्ने संकेत छ। साथीभाइको सहयोगले राम्रा काम अघि बढ्नेछन्। प्रेम सम्बन्ध प्रगाढ हुनेछ भने अध्ययनमा प्रगति हुनेछ । व्यापार, अनलाइन र वित्तीय क्षेत्रको लगानीबाट लाभ मिल्ने सम्भावना छ। नयाँ काम सुरु गर्दा मनग्य आम्दानी हुनसक्छ । विगतको कमजोरी सुधार्ने समय छ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लामो दुरीको यात्रा र विदेश सम्बन्धी काममा अवसर देखिए पनि सावधानी आवश्यक छ। नियम उल्लङ्घन वा लापरबाहीले दण्ड जरिवाना हुनसक्छ। आम्दानी कम हुने र खर्च बढ्ने संकेत छ। प्रेममा अविश्वास र बुझाइ गलत हुँदा समस्यामा परिएला । यद्यपि, विदेशी सामानको व्यापार र विदेश यात्राको योग भने अनुकूल देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार र वित्तीय बजारमा गरिएको लगानीबाट राम्रो लाभ मिल्ने संकेत देखिन्छ। खनिज र तरल पदार्थ सम्बन्धी व्यापार फस्टाउनेछ भने आयका स्रोतहरू विस्तार हुनेछन्। पढाइमा राम्रो नतिजा आउनेछ भने सम्मान प्राप्त हुने योग छ । प्रेम सम्बन्ध अनुकूल रहनेछ। यद्यपि अवसरवादीहरूबाट सावधानी अपनाउनु आवश्यक छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कार्यक्षेत्रमा कमजोरीका कारण आलोचना बढ्ने र व्यापार–व्यवसायमा आर्थिक गिरावट आउने संकेत देखिन्छ। राजनीति र समाजसेवामा प्रतिष्ठा घट्न सक्छ। सरकारी तथा काममा विशेष सावधानी आवश्यक छ। धैर्य गर्दा परिस्थितिलाई सम्हाल्न सकिनेछ। विस्तारै प्रतिष्ठित व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुने र श्रमको मूल्य प्राप्त हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
समय अनुकूल रहेकाले सानो प्रयासबाटै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने संकेत छ। धार्मिक, शैक्षिक तथा लामो दूरीका यात्राको सम्भावना देखिन्छ भने प्रशासनिक क्षेत्रमा सक्रियता बढ्नेछ। प्रेम सम्बन्ध र सामाजिक वातावरण अनुकूल रहनेछ। व्यापार तथा शेयर बजारमा लगानी लाभदायी बन्न सक्छ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक समस्या जटिल बन्दै गए पनि अचानक धन प्राप्त हुने सम्भावनाले केही राहत मिल्नेछ। बोलीमा रुखोपन आउँदा सम्बन्धमा दूरी बढ्न सक्छ, त्यसैले व्यवहारमा सावधानी आवश्यक छ। भौतिक सम्पत्ति प्रयोग र स्वास्थ्यमा ध्यान दिनुपर्छ। धैर्य, संयम र शुभचिन्तकको साथले कठिनाइबीच पनि काम बन्ने संकेत देखिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
एकल तथा साझेदारी व्यापारमा लगानीबाट राम्रो नाफा कमाउन सकिने संकेत देखिन्छ। पढाइमा अपेक्षित नतिजा प्राप्त हुनेछ । यात्रा, स्वादिष्ट भोजन र प्रेम सम्बन्धमा निकटता बढ्नेछ। शेयर बजार र औद्योगिक क्षेत्रमा लगानी लाभदायी बन्न सक्छ। यद्यपि, कुनै काम दोहोर्याएर गर्नुपर्ला । कर्जामार्फत धन जुटाउन सकिनेछ । 

सम्बन्धित समाचार