Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, जेठ १ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको छ ।

यो दिन छापावाला सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३७ हजार ४०० रुपैयाँमा आइपुगेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार सुनको भाउ प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।  

त्यस्तै आज तेजावी सुनको भाउ पनि ७०० रुपैयाँले घटेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ १५ रुपैयाँ प्रतितोलाका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १७ हजार ८०० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १७ हजार २४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४९२ रुपैयाँ तोकेको छ ।

सम्बन्धित समाचार