काठमाडौं । देशका विभिन्न स्थानसँगै काठमाडौं उपत्यकामा पनि रातिदेखि वर्षा जारी छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौं उपत्यकामा बिचमा केही बेर रोकिए पनि शनिबार बिहानैदेखि फेरि पर्न थालेको हो।
‘अझै २ घण्टाजति पानी पर्ने क्रम जारी रहने सम्भावना देखिएको छ’, आज बिहान ८ बजेतिर उनले भनिन्, ‘त्यसपछि भने क्रमशस् वर्षा कम हुँदै जाने देखिन्छ। केही बेर मौसम खुल्लाजस्तो भए पनि फेरि बदली भएर पानी पर्ने सम्भावना छ।’
मौसमविद् महर्जनका अनुसार काठमाडौं उपत्यकाको मौसम आइतबारसम्मै यस्तै रहने सम्भावना देखिएको छ। ‘यद्यपि आजभन्दा भोलि वर्षा हुने क्रम केही घट्ने सम्भावना छ’, उनले भनिन्।
