Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

बजेटबारे पूर्वअर्थराज्यमन्त्री राणाको टिप्पणी : सरकारले लिने ऋण र पूर्वाधार खर्चबीच सन्तुलन मिलेन

बजेटबारे पूर्वअर्थराज्यमन्त्री राणाको टिप्पणी : सरकारले लिने ऋण र पूर्वाधार खर्चबीच सन्तुलन मिलेन

अर्थ प्लस
बजेटबारे पूर्वअर्थराज्यमन्त्री राणाको टिप्पणी : सरकारले लिने ऋण र पूर्वाधार खर्चबीच सन्तुलन मिलेन

काठमाडौँ / पूर्वअर्थराज्यमन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले सरकारको अगामी आर्थिक वर्षको बजेटमा अत्यधिक महत्त्वाकाङ्क्षी भएको टिप्पणी गरेका छन् ।   

उनले आगामी आर्थिक वर्षको बजेटको आकार चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा करिब २५ प्रतिशतले वृद्धि गरी ल्याइएको बताए । बजेटमा ऋण र पूर्वाधार खर्चबीच सन्तुलन नमिलेको उनले बताए । सरकारले ठुलो परिमाणमा आन्तरिक तथा वैदेशिक ऋण उठाउने लक्ष्य राखेपनि त्यसअनुसार पूर्वाधार क्षेत्रमा पर्याप्त बजेट विनियोजन नगरिएको उनको टिप्पणी छ । 

सरकारले अगामी आर्थिक वर्षमा ६ अर्ब ५७ खर्ब रुपैयाँको ऋण लिने भनेको छ भने पूर्वाधार विकासमा ४ खर्ब ३१ अर्ब रुपैयाँ विनियोजन गरेको छ । पूर्वअर्थराज्यमन्त्री राणाले ऋण उत्पादक क्षेत्रमा खर्च नभए भविष्यमा ऋण तिर्न थप समस्या सिर्जना हुने चेतावनी दिए । साथै बजेटमा गरिबी न्यूनीकरण र विपन्न वर्गका विषय प्रभावकारी रूपमा समेटिन नसकेको भन्दै लक्ष्य हासिल गर्न कठिन हुने धारणा राखे ।

उनले युवा स्वरोजगारी र स्टार्टअपको सवालमा सरकारले केही नयाँ ल्याउन नसकेको टिप्पणी गरे ।  सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा समस्या हुने समेत उनले बताए । 

सम्बन्धित समाचार