Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

बजेट टाई बान्नेलाई आयो, गाई बान्नेलाई आएन : सुदन किराती

बजेट टाई बान्नेलाई आयो, गाई बान्नेलाई आएन : सुदन किराती

अर्थ प्लस
बजेट टाई बान्नेलाई आयो, गाई बान्नेलाई आएन : सुदन किराती

श्रम तथा संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपाली माटो सुहाउँदो बजेट नआएको बताएका छन् । झापामा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री किरातीले विदेश पढेर आएको अर्थमन्त्रीले नेपालको वास्तविकता नबुझेको टिप्पणी गरेका हुन् । ‘मुठ्ठीभर टाइ बान्नेका लागि बजेट आयो, तर बहुसंख्यक गाई बान्नेका लागि आएन,’ उनले भने । 

विद्यतु महसुल वृद्धि गर्नु र प्रस्तुत कृषि कार्यक्रमले तल्लो वर्गका जनतालाई निराश बनाएको उनको टिप्पणी छ । शिक्षा र स्वास्थ्यमा कर लगाउनु संवैधानिक हिसाबले समेत मौलिक हकको हनन् भएको किरातीले बताए । विद्युतीय गाडीमा कर बढाउने नीतिप्रति समेत उनले आपत्ति जनाए । ‘इन्धनको हाहाकार भएको बेला विद्युतीय सवारीमाथि कर बढाउनुले कतै दालमा कालो परेको त होइन भन्ने शंका छ,’ किरातीले भने ।

सम्बन्धित समाचार