Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सरकारले स्टार्टअप उद्यममा सहुलियतपूर्ण कर्जा दिने

सरकारले स्टार्टअप उद्यममा सहुलियतपूर्ण कर्जा दिने

अर्थ प्लस
सरकारले स्टार्टअप उद्यममा सहुलियतपूर्ण कर्जा दिने

काठमाडौँ, जेठ १ । सरकारले आगामी आर्थिक वर्षमा स्टार्टअप बिजनेश सूरु गर्न चाहाने युवा–युवतीलाई विशेष सहुलियतमा कर्जा प्रदान गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले नयाँ व्यवसाय सञ्चालन गर्ने युवा–युवतीहरुको सहजताको लागि तीनै तहका सरकारसँग सम्वनय गरी सातै प्रदेशमा कार्यालय स्थापना गरी आवश्यक सेवा प्रदान गर्ने योजना रहेको बताए ।

साथै उनले आगामी आर्थिक वर्षमा करिव १ हजार जनालाई स्टार्टअफ बिजनेश सूरु गरी सफल बनाउने योजना रहेको समेत बताए । उनका अनुसार तीनै तहका सरकारले आफ्नो क्षेत्रमा स्टार्टअप बिजनेश गर्न चाहाने नागरिकहरुलाई सहयोग प्रदान गरी प्राथमिकतामा राख्न आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार