Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि १० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि १० अर्ब तान्दै राष्ट्र बैंक

अर्थ प्लस
बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि १० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ, जेठ १ । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज जेठ १ गते बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट पैसा तान्न लागेको हो।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। राष्ट्र बैंकले यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ।

यो ७ दिने निक्षेप संकलन उपकरणको जेठ ७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

सम्बन्धित समाचार